सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० चैत १० गते शनिवारको राशिफल

२०८० चैत १० गते शनिवार, २३ मार्च २०२४ । फाल्गुण शुक्लपक्ष त्रयोदशी तिथि, ७ः५२ बजेपछि चतुर्दशी । पूर्वफाल्गुनी नक्षत्र । चन्द्रराशि सिंह ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ । सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ । दिगो फाइदा हुने काम सम्पादन हुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ । पहिलेका सम्झौता तोड्नुपर्ने स्थिति आउन सक्छ । अरूको भरले मात्र काम नबन्न सक्छ । अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ । रोकिएका काम दोहोर्याउनुपर्ला । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । महत्त्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन् । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

खर्चको जोहो गर्न अलि दौडधुप गर्नुपर्ला । अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ । छर–छिमेकमा असमझदारी बढ्नेछ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । उधारोमा व्यापार गर्नुपर्ला । खर्च लागे पनि दिगो काम फेला पर्नेछ । चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

मिहिनेतले राम्रो परिणाम दिलाउनेछ । तारिफयोग्य काम सम्पादन गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ । आँटले ठूलो काम सम्पादन हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

सफलताले हिम्मत दिलाउनेछ । प्रयत्न गर्दा राम्रै काममा जग बसाउने मौका छ । दिगो फाइदा हुने काम प्रारम्भ होला । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । भेटघाटले समेत उत्साह बढाउला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । मान–सम्मान प्राप्त होला । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्यले विभिन्न अवसर थमाउनेछ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ । हल्लाको पछि लाग्दा दुःख पाइनेछ । तर समस्या दर्साउँदा शुभचिन्तकले साथ दिनेछन् । मिहिनेत गर्दा पछिका लागि फाइदा हुनेछ । तत्काल लाभ नभए पनि समस्या सुल्झाउन सकिनेछ । स्वास्थ्यका लागि निश्चित समय आराम गर्नुपर्ला । गोपनीयतामा ध्यान पुर्याउनुहोला । प्रयत्न गर्दा आंशिक काम सम्पादन हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् र परिवारजनको साथले नयाँ आशा जगाउनेछ । कामको चापबाट पनि फुर्सद पाइनेछ । खानपान, मानोरञ्जन र पहिरनको सोखले खर्च पनि बढाउनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने मुद्दामा पनि विजय सम्भावना छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार ०७:४०

लोकप्रिय