सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जमा ४३ जनाले लिए एन्फा कम्युनिटी कोचिङ कोर्स

नेपालगञ्जमा ४३ जनाले एन्फा कम्युनिटी कोचिङ कोर्स लिएका छन्। डी ग्रेडको फुटबल प्रशिक्षक उत्पादन गर्न यो प्रशिक्षण दिइएको हो।

बाँके जिल्ला फुटबल संघको आयोजनामा चार दिनसम्म चलेको प्रशिक्षण शुक्रबार सम्पन्न भएको छ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, एन्फाका केन्द्रीय सदस्य एवं बांके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, एन्फाका पूर्व मानार्थ उपाध्यक्ष गोवर्दनसिंह सम्झना, नेपाली फुटबल टीमका पूर्व कप्तान एवं एन्फाका निमित्त प्राविधिक निर्देशक हरि खड्का, एजुकेशनल हेड प्रशिक्षक सन्जित सिंहलगायतले सहभागी प्रमाणपत्र वितरण गरेका थिए।

सो अवसरमा मेयर विष्टले फुटबलको विकासका लागि आफूले गर्न सक्ने सहयोग गर्ने बताए। उनले यो चार दिन सिकेको ज्ञानलाई बालबालिकामा प्रयोग गरेर राम्रा खेलाडी उत्पादन गर्न आग्रह गरे।

एन्फाका सदस्य एवं बांके जिल्ला फुटबल संघका अध्यक्ष शाहीले राम्रा खेलाडी उत्पादन गर्न ग्रासरुटमा जानुपर्ने भएकाले अहिले प्रशिक्षण लिएका प्रशिक्षकलाई साथमा लिएर अघि बढ्ने बताए।

पछिल्लो १५ दिनमा बांकेमा एन्फा कम्युनिटी कोचिङ कोर्स नेपालगञ्ज र कोहलपुरमा भएको छ

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार १६:४१

लोकप्रिय