सूचनाको शक्ति - The Power Of Information

        

शनिबार काठमाडौंका यी स्थानमा विद्युत् आपूर्ति बन्द हुने

शनिबार काठमाडौंका केहि स्थानमा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार टेकु सवस्टेसनमा १३२/११ केभी, ४५ एमभीए ट्रान्सफरमर १ र २ लाई समानन्तर गर्नका लागि आपूर्ति बन्द गर्न लागिएको हो ।

टेकु सवस्टेसनबाट आपूर्ति हुने थापाथली, त्रिपुरेश्वर, टेकु, क्षेत्रपाटी, सोह्रखुट्टे, ज्याठा, न्यूरोड, भीमसेनस्थान, भोटेबहाल, लगन, सुनधारा, खिचापोखरी वसन्तपुर लगायतका स्थानहरूमा भोलि बिहान ११ः०० बजेदेखि दिउँसो ०१ः३० बजेसम्म विद्युत् आपूर्ति बन्द हुने छ ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार १६:३४