सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जकाे वाटरपार्कमा मोटर बोट सञ्चालन

नेपालगञ्ज धम्बोझीस्थित वाटरपार्कमा मोटर बोट सञ्चालन गरिएको छ । वाटरपार्कमा जलविहार गराउने उद्देश्यका साथ मोटर बोट सञ्चालनमा ल्याइएको हो ।

मोटर बोट सञ्चालनसहित विभिन्न पर्यटकीय गतिविधि सञ्चालन गर्न बोटे बोरा प्रालिले १० बर्षको लिज सम्झौता गरेको छ । जलविहारका लागि दुई वटा मोटर बोटको ब्यवस्था गरिएको बोटे बोरा प्रालिका प्रजुन गिरीले बताए । वाटरपार्कलाई पर्यटकीय गन्तब्यका रुपमा विकास गर्ने उद्देश्यका साथ लगानी गरेको गिरीको भनाई छ ।

विहान ६ बजेदेखि बेलुका ६ बजेसम्म मोटर बोट सञ्चालन हुनेछन् । साढे चार फन्को घुमाउने गरी प्रति ब्यक्ति २५० रुपैयाँ टिकट कायम गरिएको गिरीले जानकारी दिए ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार १०:४१

लोकप्रिय