सूचनाको शक्ति - The Power Of Information

        

डुडुवाका दुई स्वास्थ्य संस्था किशोर–किशोरीमैत्री घोषणा

बाँकेको डुडुवा गाउँपालिका अन्तर्गत दुई वटा स्वास्थ्य संस्था किशोर–किशोरीमैत्री स्वास्थ्य संस्था घोषणा भएका छन् । लुम्बिनी प्रदेशमै पहिलो किशोर–किशोरीमैत्री स्वास्थ्य संस्था घोषणा भएको हो ।

नेपाल सरकारले निर्माण गरेको ‘किशोर-किशोरीमैत्री स्वास्थ्य सेवा संचालन निर्देशिका २०७९’ अनुसार डुडुवाको बेतहनी स्वास्थ्य चौकी र कम्दी स्वास्थ्य चौकीलाई मूल्यांकनको मापदण्ड अनुरुप घोषणा गरिएको डुडुवाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले बताए ।

उनका अनुसार नेपाल सरकारको निर्देशिका अनुसार ८ वटा मुख्य सूचक र ४५ वटा उपसूचकको  मूल्यांकनका आधारमा दुबै संस्थाले ल्याएको अंकलाई विश्लेषण गरी घोषणा गरिएको हो ।

युएसएआइडी किशोरकिशोरी प्रजनन स्वास्थ्य परियोजना अन्तर्गत भेरी वातावरणीय विशिष्टता समूह बी-ग्रुप र केयर नेपालको सहयोगमा किशोर–किशोरीमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार १०:३७

लोकप्रिय