सूचनाको शक्ति - The Power Of Information

        

फ्राइडे रिलिज : ‘महाजात्रा’सँगै ‘मडगाउँ एक्सप्रेस’ भिड्दै

आज शुक्रबार अर्थात् सिनेमा हलमा नयाँ फिल्म रिलिज हुने दिन।

आजबाट नेपाली सिनेमा हलहरूमा दुई नयाँ फिल्महरू ‘महाजात्रा’ र ‘मडगाउँ एक्सप्रेस’ प्रदर्शनमा आएको छ।

‘महाजात्रा’ नेपाली फिल्म हो भने ‘मडगाउँ एक्सप्रेस’ हिन्दी फिल्म हो।

प्रदीप भट्टराईको निर्देशनमा बनेको ‘महाजात्रा’ फिल्म ‘जात्रा’ र ‘जात्रै जात्रा’को सिक्वेल हो। फिल्ममा तीन पात्रले अवैध धन लुकाउँदाको कथालाई प्रस्तुत गरेको छ।

उता ‘मडगाउँ एक्सप्रेस’ले पनि गोवाको यात्रामा जाने तीन बाल्यकालका साथीहरूले बाटो भुलेपछिको कथा प्रस्तुत गरिएको छ।

नेपाली सिनेमा हलहरूमा ‘महाजात्रा’ले सर्वाधिक २७५ शो पाउँदा ‘मडगाउँ एक्सप्रेस’ले ६८ शो पाएको छ।

यस्तै शिवरात्रीदेखि प्रदर्शनमा आएका फिल्महरूले पनि सिनेमा हलमा शो पाएका छन्। महाशिवरात्रीमा प्रदर्शनमा आएको बलिउड फिल्म ‘शैतान’ले शुक्रबार ३० शो पाएको छ।

‘अगस्त्य’, ‘कुङ फु पाण्डा४’, ‘उपहार’ सात ‘रंगेली’ र ‘दुने’ फिल्म समेत छन्।

यसरी हेर्दा नेपालमा एक दिनमा चार सय तीन शो प्रदर्शन हुने देखिन्छ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार ०८:४८

लोकप्रिय