२०८३ वैशाख ५ , शनिबार 19, April 2026, Sunday

नेपाल बहराइनसँग ५-० ले पराजित

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० चैत ९ गते शुक्रबार

फिफा विश्वकप– २०२६  छनोट अन्तर्गत नेपालले घरेलु टोली बहराइनसँग पराजित भएको छ। 

बहराइन राष्ट्रिय रङ्गशालामा भएको खेलमा घरेलु टोली ५-० ले विजयी भएको हो। बहराइनले खेलको पहिलो हाफमा ३ गोल गरेको थियो भने दोस्रो हाफमा २ गोल गरेको थियो।

यो हारसहित नेपालले एशियाबाट विश्वकप छनौटको समूह एचमा लगातार तेस्रो हार बेहोरेको छ।  नेपालले पहिलो खेलमा युएईसँग ४-० को हार बेहोरेको थियो भने दोस्रो खेलमा यमनसँग २-० गोल अन्तरले हार बेहोरेको थियो।

अब नेपालले बहराइनसँग नै अर्को खेल आगामी मंगलबार राति खेल्ने छ। 

प्रकाशित मिति : २०८० चैत ९ गते शुक्रबार