२०८३ जेठ २६ , मंगलबार 9, June 2026, Tuesday

शाखा अधिकृतको तीन करोड २१ लाख अवैध सम्पत्ति

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० चैत ९ गते शुक्रबार

काठमाडौँ उपत्यका विकास प्राधिकरणका शाखा अधिकृत याम कुमार कार्कीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको छ ।

कार्कीले पदीय मर्यादा विपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराई गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको उजुरी अख्तियारमा परेको थियो ।

सो सम्बन्धमा छानबिन हुँदा उनको ३ करोड २१ लाख ३२ हजार ९५६ रुपैयाँ ७५ पैसा बराबरको सम्पत्ति अवैधानिक देखिएकाले सोही बराबरको रकम बिगो मागदाबी लिइएको छ ।

यस्तै अवैध सम्पत्ति असुल उपर गर्ने प्रयोजनका लागि निजकी पत्नी देवका अधिकारीलाई समेत प्रतिवादी कायम गरी सम्पत्ति जफतको मागदाबी लिई बिहीबार विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : २०८० चैत ९ गते शुक्रबार