२०८३ वैशाख ५ , शनिबार 19, April 2026, Sunday

कोहलपुरका पानी उद्योगको गुणस्तर परीक्षण गरिँदै

सत्यपाटीसत्यपाटी । बाँके । २०८० चैत ८ गते बिहीबार

कोहलपुर नगरपालिकाले कोहलपुर नगरपालिकाभित्र रहेका पानी उद्योगहरुको उत्पादित पानीको परीक्षण गर्न नमुना संकलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाएको छ ।

ती उद्योगहरुले उत्पादन गर्ने पानीको गुणस्तर नभएको भनी पटकपटक स्थानीयबासीले गुनासो गरेपछि नगरपालिकाले नमुना परीक्षणका लागि प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाएको कोहलपुर नगरपालिकाका अधिकृत अग्निप्रसाद आचार्यले बताए ।

लाइफ ओके  पानी उद्योग, आरुस पानी उद्योग, झरना पानी उद्योग, श्री पानी उद्योग, वरपिपल पानी उद्योगको उत्पादित पानीको नमुना संकलन गरी प्रविधि तथा गुण नियन्त्रणमा पठाइएको छ ।

यसैगरी नगरपालिका भित्र पानी वितरण गर्दै आएको बैजनाथस्थित न्यू सिटीमा रहेको मध्यमश्चिम पानी उद्योगको नमुना समेत परीक्षणका लागि पठाइएको छ । पानी उद्योगको गुणस्तरको विषयमा उद्योगीहरुले पनि विभिन्न आरोप खेप्दै आएका छन् ।

नमुना परीक्षणको रिपोर्टपछि व्यवसायीले झेल्दै आएको समस्या पनि हल हुने अपेक्षा गरिको छ ।

प्रकाशित मिति : २०८० चैत ८ गते बिहीबार