सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुरका पानी उद्योगको गुणस्तर परीक्षण गरिँदै

कोहलपुर नगरपालिकाले कोहलपुर नगरपालिकाभित्र रहेका पानी उद्योगहरुको उत्पादित पानीको परीक्षण गर्न नमुना संकलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाएको छ ।

ती उद्योगहरुले उत्पादन गर्ने पानीको गुणस्तर नभएको भनी पटकपटक स्थानीयबासीले गुनासो गरेपछि नगरपालिकाले नमुना परीक्षणका लागि प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाएको कोहलपुर नगरपालिकाका अधिकृत अग्निप्रसाद आचार्यले बताए ।

लाइफ ओके  पानी उद्योग, आरुस पानी उद्योग, झरना पानी उद्योग, श्री पानी उद्योग, वरपिपल पानी उद्योगको उत्पादित पानीको नमुना संकलन गरी प्रविधि तथा गुण नियन्त्रणमा पठाइएको छ ।

यसैगरी नगरपालिका भित्र पानी वितरण गर्दै आएको बैजनाथस्थित न्यू सिटीमा रहेको मध्यमश्चिम पानी उद्योगको नमुना समेत परीक्षणका लागि पठाइएको छ । पानी उद्योगको गुणस्तरको विषयमा उद्योगीहरुले पनि विभिन्न आरोप खेप्दै आएका छन् ।

नमुना परीक्षणको रिपोर्टपछि व्यवसायीले झेल्दै आएको समस्या पनि हल हुने अपेक्षा गरिको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार १४:२५

लोकप्रिय