२०८३ भदौ २९ , सोमबार 14, September 2026, Monday

बाँकेमा ४ लाख बढीको भन्सार छलीका सामान बरामद

बाँकेमा ४ लाख बढीको भन्सार छलीका सामान बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा ४ लाख ३४ हजार मूल्य बराबरको सामान बरामद गरेको जनाएको छ ।

कपडा, प्रफ्युम (सेन्ट), जुत्ता, चिनी, सुर्ती, लागायतका समानहरु फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयबाट परिचालित प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट अबैधरुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा ती सामान बरामद गरेको हो ।

आवश्यक कारवाहीको लागि सामानहरु भन्सार कार्यालय नेपालगञ्जमा पठाइएको छ ।

प्रकाशित मिति : २०८० चैत ८ गते बिहीबार