सूचनाको शक्ति - The Power Of Information

        

‘बोक्सीको घर’को गीत ‘जिन्दगीको कथा, यता न उता’ सार्वजनिक(भिडियो)

फिल्म ‘बोक्सीको घर’को गीत  सार्वजनिक गरिएको छ ।

गीत ‘जिन्दगीको कथा, यता न उता’ सार्वजनिक भएको छ । गीतमा स्वीअरिती र निहारिकाको स्वर, मोनिस निरौलाको संगीत र सुलक्षण भारतीको शब्द छ ।

गीतको भिडियोमा अभिनेत्री केकी र फिल्मका निर्देशक तथा अभिनेता सुलक्षण भारती फिचर्ड छन् ।  फिल्म आगामी वर्षको बैशाख १४ गतेबाट प्रदर्शनमा आउने छ ।

लेखक एवं निर्देशक सुलक्षण भारतीले फिल्मलाई निर्देशन गरेका हुन् ।सामाजिक-थ्रिलर जनरामा निर्माण भएको फिल्मले  समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने छ ।

केकीको होम प्रोडक्सनमा निर्माण भएको फिल्ममा केकीको अलावा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ ।

केकी स्वयंम निर्माता रहेको फिल्मको कार्यकारी निर्माता राजकुमार घिमिरे हुन् । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको फिल्मलाई शिवराम श्रेष्ठले छायांकन, लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार १४:०९

लोकप्रिय