सूचनाको शक्ति - The Power Of Information

        

गायक महेश काफ्लेको ‘चाइना जापान’ गीत सार्वजनिक

 गायक महेश काफ्लेको स्वरमा चाइना जापान गीत सार्वजनिक भएको छ ।

गायक काफ्लेकै युट्युब च्यानल महेश एन्ड मोरबाट सार्वजनिक उक्त गीतमा शब्द रचना र सङ्गीत गायक काफ्ले कै रहेको छ ।

माया, प्रेममा असफल युवाको कथा गीतमा व्यक्त गर्न खोजिएको छ । सुनिल शिव भक्तिको निर्देशन र सम्पादन रहेको भिडियोलाई मनिश नेपालले खिचेका हुन् । भिडियोमा महेश काफ्ले, जस्मिन दोङ, अनुज कार्की, प्रमिता क्षेत्री, नोरीन गौतम र प्रजन पौडेलको अभिनय रहेको छ ।

गायक काफ्लेको नाच फिरिरि, माया बिरानी, तातो गोली, लज्जावती झार लगायतका गीतहरू चर्चित छन् ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार ११:०४

लोकप्रिय