शेयर बजार आज पनि घटेको छ । हिजो छ अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव ३४ अङ्कले घटेर दुई हजार ६३ दशमलव ९५ विन्दुमा झरेको छ ।
आज माइक्रोफाइनान्स र म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा उत्पादन तथा प्रशोधन, बीमा समूह, होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज बोटलर्स नेपाल (बालाजु) कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन गुर्खाज फाइनान्स, बुद्धभूमि नेपाल हाइड्रोपावर र सर्वाेत्तम सिमेन्ट कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
बजार घटेका दिन ९४ लाख ४५ हजार कित्ता शेयर तीन अर्ब ४९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको १९ करोड ५२ लाख रुपैयाँको शेयर किनबेच भयो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ