पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा सिराहामा भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सिराहको चुरेमाइमा सबैभन्दा धेरै ३०.८ मिलिमिटर वर्षा भएको छ ।
मकवानपुरमा १४.६ मिलिमिटर वर्षा भएको मौसमविद् सरोज पुडाशैनीले जानकारी दिए । उनका अनुसार ललितपुरको लेलेमा १०.८, काठमाडौंको बबरमहलमा ४.४ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५.८ मिलिमिटर वर्षा मापन गरिएको छ ।
यसअघि बिहान ८ बजे गरिएको २४ घण्टाको मापनमा महोत्तरीको सबैभन्दा धेरै जलेश्वरमा ८.० मिलिमिटर वर्षा मापन भएको थियो ।
“वाग्मती, कोसी र मधेस प्रदेशका धेरै स्थानमा अहिले वर्षा भइरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा वर्षा भइरहेको छ,” मौसमविद् पुडाशैनीले भने, “धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।”
काठमाडौं उपत्यकामा बिहान ९ बजेदेखि वर्षा भइरहेको छ । आज साँझसम्म नै बदली रहने मौसमविद् गोविन्द झाले बताए । “काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा अहिले वर्षा भइरहेको छ,” मौसमविद् गोविन्द झाले भने, “काठमाडौंमा आज दिनभर मौसम बदली हुनेछ । पानी भने केही समय पर्ने र रोकिनेक्रम दिनभर चलिरहनेछ ।” काठमाडौंमा हल्का वर्षा भइरहेको उनको भनाइ छ ।
“काठमाडौं उपत्यकामा भोलि पनि केही वर्षाको सम्भावना छ । तर आजजस्तो धेरै भने छैन,” मौसमविद् झाले भने, “शुक्रबारबाट भने मौसम खुल्दै जानेछ ।”
पश्चिमी न्यूनचापीय र स्थानीय वायुको प्रभावका कारण वर्षा भएको हो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ