२०८३ वैशाख ८ , मंगलबार 21, April 2026, Tuesday

पत्रकार महासंघको महाधिवेशन २१ वैशाख लुम्बिनीमा

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० चैत ७ गते बुधबार

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आगामी वैशाख २१ गते लुम्बिनीमा हुने भएको छ ।

महासंघको आज बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय महाधिवेशन २०८१ साल वैशाख २१ गते लुम्बिनीमा गर्ने निर्णय गरेको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए ।

उनका अनुसार महासंघले जिल्ला, शाखा तथा एसोसिएट्स संस्थाहरुको अधिवेशनहरु आजैदेखि चैत मसान्तसम्म सम्पन्न गरिसक्ने र प्रदेश अधिवेशनहरु वैशाख १ गतेदेखि १२ गतेसम्म सम्पन्न गरिसक्ने निर्णय समेत गरेको छ ।

केन्द्रीय महाधिवेशनले महासंघको नयाँ नेतृत्व समेत चुन्‍नेछ ।

प्रकाशित मिति : २०८० चैत ७ गते बुधबार