२०८३ वैशाख १६ , बुधबार 29, April 2026, Wednesday

सुनको मूल्य स्थिर, चाँदीको कतिमा हुँदैछ कारोबार ?

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० चैत ७ गते बुधबार

 नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ।

 मंगलबार तोलामा १ लाख २५ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन बुधबार १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भएको महासंघको भनाइ छ।

यसैबीच बुधबार चाँदीको मूल्य सामान्य गिरावट भएको छ ।

मंगलबार तोलामा १ हजार ५२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार रु ५ घटेर १ हजार ५२० रुपैयाँमा कारोाबर भएको महासंघको भनाइ छ ।

प्रकाशित मिति : २०८० चैत ७ गते बुधबार