जिल्ला प्रशासन कार्यालय काठमाण्डौले फागू पूर्णिमा (होली) पर्व मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले मनाउन अनुरोध गरेको छ ।
काठमाण्डौका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले सूचना निकालेर होलीमा अमर्यादित, उच्छृङ्खल अवाञ्छित एवम् गैरकानुनी क्रियाकलाप गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने जानकारी दिनुभएको छ ।
जिल्ला प्रशासन कार्यालयले चाडपर्वका अवसरमा शान्तिसुरक्षामा असर पर्नेगरी सार्वजनिक ठाउँमा होहल्ला एवम् झै–झगडा गर्ने, जाँडरक्सी खाएर पारिवारिक एवम् सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, कसैको इच्छाविपरीत रङ एवम् पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जबर्जस्ती रङ दल्ने कार्य नगर्न सबैमा अनुरोध गरेको छ ।
पछिल्लो समय फागु पूर्णिमामा अनावश्यक तडकभडकसहितका विभिन्न खर्चिला/भड्किला कार्यक्रम हुने गरेको भन्दै काठमाण्डौका सहायक प्रमुख जिल्ला अधिकारी शर्माले सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्व मनाउने विषयलाई व्यवस्थित र नियमन गरेकाेतर्फ ध्यानाकर्षण गराउनुभएको छ ।
यसवर्षको होली काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा आउँदो आइतबार र तराई/मधेशमा सोमवार मनाईदैछ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ