सूचनाको शक्ति - The Power Of Information

        

नेप्से ६ अंकले घट्यो, ३ अर्ब ६३ करोड कारोबार

मंगलबार नेप्से सूचक ६ अंकमाथिले घटेको छ ।

अघिल्लो दिन ३ अंकले नेप्से सूचक बढेको बजारमा आज ६.२४ अंकले घट्दै २ हजार ६७.२९ अंकमा झरेको हो ।

आज सेन्सेटिभ इन्डेक्स समेत १.१६ अंकले घट्दै ३६८.३९ अंकमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

१३ वटा उपसूचक मध्ये आज बैंकिङ, डेभलपमेन्ट बैंक, होटल तथा पर्यटन समूह, हाइड्रोपावर, इन्भेष्टमेन्ट, म्यानु एण्ड प्रो, म्युचुअल फन्ड, नन् लाइफ इन्स्योरेन्स, ट्रेडिङ र अन्य समूहको उपसूचक ऋणात्मक भएका छन् भने फाइनान्स, लाइफ इन्स्योरेन्स र माइक्रोफाइनान्स तीनवटा उपसूचक मात्र धनात्मक भएका छन् ।

तथापि, आज हिजोको भन्दा केही कारोबार बढेको छ । ६ अंकले घटेको बजारमा आज ३ अर्ब ६३ करोड ३९ लाख रुपैयाँ बराबरको ९४ लाख ७८ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ । अघिल्लो दिन ३ अंकले नेप्से बढेको दिन २ अर्ब ८८ करोड ५६ लाख रुपैयाँ बराबरको ७४ लाख ५९ ४२४ कित्ता सेयर कारोबार भएको थियो ।

आज बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी, सर्वोत्तम सिमेन्ट र धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को मूल्य ७.०८ प्रतिशतले घट्न पुगेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलवार १६:४५

लोकप्रिय