सूचनाको शक्ति - The Power Of Information

        

इजाजत पाएका हतियारको विवरण पठाउन गृहको निर्देशन

गृह मन्त्रालयले इजाजत दिइएका हतियारको विवरण पठाउन मातहतका निकायलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयले मंगलबार हालसम्म इजाजत लिएका हतियारको विवरण २४ घण्टाभित्र उपलब्ध गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो ।

सोमबार सर्वोच्च अदालत परिसरबाट इजाजत लिइएको हतियारसहित दुई व्यक्ति पक्राउ परेका थिए ।

हतियार तथा खरखजाना ऐन, २०१९ ले स्थानीय प्रशासनसँग स्वीकृति लिएर हतियार राख्न पाउने प्रबन्ध गरेको छ । सोहीअनुसार मन्त्रालयले हालसम्मको इजाजत विवरण पठाउन पत्राचार गरेको हो ।

‘हालसम्म हातहतियार तथा खरखजानाको इजाजतपत्र जारी गरिएका व्यक्ति, प्रयोजन, प्रकार तथा संख्यासहित नवीकरण भए/नभएको विवरण, त्यस्ता हातहतियार इजाजत विपरीत प्रयोग भए/नभएको विवरण र विना इजाजत प्रयोग गरिएको, नवीकरण नगरिएको र उद्देश्य विपरीत प्रयोग गरिएको कारण त्यस्ता हतियार बरामद गरिएको सो समेत खुलाइ पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र उपलब्ध गराइदिनुहुन आदेशानुसार अनुरोध छ’ पत्रमा भनिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलवार १५:५०

लोकप्रिय