सूचनाको शक्ति - The Power Of Information

        

सुनको मूल्य बढ्यो,कतिमा भइरहेको छ कारोबार ?

नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।

 नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ७०० रुपैयाँले बढेको हो ।

महासङ्घका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख २४ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर तोलाको १५२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सोमबार चाँदी तोलामा १५२० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलवार ११:२०

लोकप्रिय