सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० चैत ६ गते मंगलवारको राशिफल

२०८० चैत ६ गते मंगलवार, १९ मार्च २०२४ । फाल्गुण शुक्लपक्ष दशमी तिथि । पुनर्वशु नक्षत्र । चन्द्रराशि मिथुन, १६ः५७ बजेपछि कर्कट ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । साँझतिर भने केही सावधानी अपनाउनुपर्नेछ । आफन्त र साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला । प्रक्रिया नमिल्नाले पनि काम दोहोर्याउनुपर्ला ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । मान–सम्मान प्राप्त हुनेछ । सम्पादित कामबाट धन लाभ हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । अध्ययनमा प्रगति हुनेछ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता आउनेछ । साँझतिर जिम्मेवारी बढ्नेछ । रोकिएको काम बन्नेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको अवसर जुट्नेछ । तर, स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला । पहिले दिएको वचन पूरा गर्न नसक्ता आलोचित बन्नुपर्ला । ईर्ष्या गर्नेहरूले पनि काममा बाधा पुर्याउन सक्छन् । अरूको विषयमा चासो राख्दा व्यर्थैमा दुःख पाइनेछ । साँझतिर स्थितिमा सुधार आउनाले केही काम बन्नेछन् । कामको यश लिने अवसर प्राप्त हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अरूको विश्वासमा पर्दा धोका हुन सक्छ । टाढाका साथीभाइसँगको सम्पर्कले यात्रा सम्भावना देखिन्छ । साँझतिर स्थितिमा सुधार आउनाले नयाँ काम गर्न सकिनेछ । व्यापारमा फाइदा हुनेछ । विभिन्न उपहार प्राप्त हुनेछन् । सहयोगीहरूको साथले रोकिएको काम बन्नेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

रकम हातलागी भए पनि काममा ढिलाइ हुँदा लक्ष्यमा पुग्न विलम्ब हुनेछ । आफ्नो उपलब्धिमा अरूले दाबी गर्न सक्छन् । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । नयाँ योजना कार्यान्वयनमा ल्याउन केही समय पर्खनुपर्ने देखिन्छ । साँझतिर खर्च बढ्नाले अर्थ अभाव देखापर्ला । आफन्तबाट टाढिनुपर्ने हुन सक्छ । आर्थिक समस्या सुल्झाउन कर्जा लिनुपर्ला ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

कीर्तिमानी कामको यश लिँदै लोकप्रियता हासिल गर्न सकिनेछ । आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ । शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ । कर्मयोगले आम्दानी समेत बढाउनेछ । मेहनतले आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन् । उठ्नुपर्ने रकम साँझतिर हातलागी हुनेछ । पेसा–व्यवसायमा मनग्य लाभ हुनाले धन सञ्चय हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । पहिले प्रतिस्पर्धा गर्नेहरू स्वतः पछि हट्नेछन् । धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । रोकिएको कामले पनि निकास पाउनेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । आजको मिहिनेतले भविष्यमा प्रतिष्ठा दिलाउन सक्छ । साँझतिर नयाँ कामतर्फ अग्रसर भइनेछ र दैनिकीमा पनि परिवर्तन आउनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

स्वास्थ्य कमजोर रहनाले काम पूरा गर्न समय लाग्नेछ । जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ । तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ । आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला । साँझदेखि स्थितिमा सुधार आउनेछ । रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । पछि फाइदा हुने काम गर्न सकिनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

सुरुमा रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ । आतिथ्यपूर्ण सत्कार पाइने समय छ । प्रेम र मित्रताको बन्धन कसिनेछ । विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ । तर आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला । साँझतिर स्वास्थ्य कमजोर रहनेछ । आफ्नै वचनबद्धता पालना गर्न नसकिएला । अरूको सहयोगले काम बन्नेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ । द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन् । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ । आँट गर्दा ठूलै काम पनि सम्पादन हुनेछन् । साँझतिर नयाँ काम गर्ने अवसर जुट्नेछ । सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग रमाइलो भेटघाट हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

सुखद समाचारले उत्साह जगाउनेछ । अध्ययनमा प्रगति हुनेछ । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । साथीभाइले राम्रै सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ । बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ । साँझतिर पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ । तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ । बेसुरमा बोल्ने बानीले पनि दुःख पाइनेछ । अरूलाई दिएको वचन पूरा गर्न नसकिएला । नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ । साँझदेखि स्थितिमा सुधार आउनेछ । बौद्धिक कलाको प्रभाव बढ्नेछ । मिहिनेतले लक्ष्यमा पुर्याउनेछ ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलवार ०७:१६

लोकप्रिय