सूचनाको शक्ति - The Power Of Information

        

भोलिदेखि नेपालगञ्जमा व्यापार तथा पर्यटन महोत्सव हुँदै

भोलिदेखि नेपालगञ्जमा हुने ‘सातौं प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधि प्रदर्शनी, व्यापार एवं पर्यटन महोत्सव २०८०’ को तयारी पूरा भएको छ । महोत्सब चैत ६ देखि १८ गतेसम्म नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ वाटरपार्कस्थित खुला मैदानमा आयोजना हुनेछ ।

महोत्सबस्थलमै आज आयोजित पत्रकार सम्मेलनमा महोत्सब मूल आयोजक समिति संयोजक मधु खड्काले महोत्सबको सम्पूर्ण तयारी पूरा भएको बताइन् । उनले लुम्बिनी प्रदेशसभा सदस्य एवम् पूर्व मन्त्री कृष्णा केसी नमुनाले महोत्सब उद्घाटन गर्ने जानकारी दिइन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके शाखा एवम् महिला उद्यमी समितिको मुख्य आयोजना तथा नेपाल घरेलु उद्योग महासंघ नेपालगञ्ज नगर समितिको सह-आयोजनामा ‘मेहनत सृजना उत्पादन र बस्तु मेरै नेपालको’ भन्ने मूल नाराका साथ महोत्सब हुन लागेको हो ।

महोत्सवमा स्थानीय स्तरका लघु, घरेलु तथा साना उद्योगहरूबाट उत्पादित वस्तु एवं सामग्रीहरू, लुम्बिनी प्रदेशको मौलिक कला संस्कृतिको प्रदर्शनी, पौराणिक रैथाने उद्योग तथा त्यस सम्बन्धि औजार एवं उपकरणहरूको प्रदर्शनी, स्थानीय तथा प्रादेशिक पर्यटकीय स्थलको जानकारीमूलक प्रदर्शनी, विभिन्न समुदायको मौलिक कला संस्कृति झल्कने खालका सामग्रीहरूकी विशेष आकर्षण रहने बताइएको छ ।

स्थानीय अर्गानिक, रैथाने, कृषि उत्पादन, स्थानीय सीपबाट उत्पादित वस्तु, स्वदेशी उद्योगबाट उत्पादन बस्तुको संरक्षण, प्रबर्द्धन तथा बजारीकरणका लागि उद्योग तथा व्यवसायीहरुलाई सहयोग पुर्याउँदै स्थानीय उत्पादनको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको खड्काले बताइन् ।

२०० बटा नविनतम् प्रविधिजन्य उत्पादनहरु, लघु घरेलु उद्यम तथा स्थानीय स्तरमा उत्पादित बस्तुहरु मेलाकी प्रमुख आकर्षणको रुपमा रहने बताइएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार २१:४७

लोकप्रिय