२०८२ चैत २७ , शुक्रबार 10, April 2026, Friday

पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङ धरौटीमा रिहा

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० चैत ५ गते सोमबार

सुन तस्करी छानबिनका लागि पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ धरौटीमा छुटेका छन् ।

उनलाई जिल्ला अदालत काठमाडौंले १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिए ।

प्लाटिनम कलेजका सञ्चालकसमेत रहेका उनलाई सीआईबीले १४ फागुनमा पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २०८० चैत ५ गते सोमबार