सूचनाको शक्ति - The Power Of Information

        

दाङमा जीप दुर्घटना हुँदा १ जनाकाे ज्यान गयाे

दाङमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा बबई गाउँपालिका–१ का जितबहादुर बुढा रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो ।

गङ्गटेबाट तुलसीपुरतर्फ गुडिरहेको जीप आज बिहान भाङाबारी नजिकै उकालोमा पछाडितर्फ गुडेर पल्टिएको हो । दुर्घटनामा सात जना घाइते भएका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार १५:४२

लोकप्रिय