२०८३ वैशाख १९ , शनिबार 2, May 2026, Saturday

मनकामना केबलकार बुधवार १ दिनका लागि बन्द हुने

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० चैत ५ गते सोमबार

 मनकामना केबलकार एक दिनका लागि बन्द हुने भएको छ । नियमित मर्मत गर्नुपर्ने भएकाले पर्सि बुधवार एक दिनका लागि सेवा बन्द गर्न लागेको मनकामना दर्शन प्रालिले जनाएको छ ।

नियमित मर्मतका लागि एक दिन बन्द हुने सेवा चैत ८ गते बिहीवारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो ।

गोरखाको शहीद लखन गाउँपालिका–३ मा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पूजा गर्न जाने दर्शनाथीको सहजताका लागि चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारबाट १० मिनेटमा पुग्ने गरी २०५५ सालमा केबलकार सेवा स्थापना भएको थियो ।

यो नेपालको पहिलो केबलकार हो ।

प्रकाशित मिति : २०८० चैत ५ गते सोमबार