सूचनाको शक्ति - The Power Of Information

        

अन्तिम समयमा बढ्यो सेयर बजार

अघिल्ला ३ कारोबार दिनसम्म लगातार झरेको सेयर बजार सोमबार भने  अन्तिम समयमा बढेर बन्द भएको छ ।

यस दिन अन्तिम ४० मिनेटपछि बजार सम्हालिएको हो । अघिल्लो दिन २०७० अंकमा बन्द भएको सेयर बजार सोमबार २ : २० बजे २०६० अंकसम्म झरेको थियो ।

त्यसपछिको ४० मिनेटमा बजार ३ अंक बढेर २०७३ अंकमा बन्द भयो । अघिल्लो दिनको तुलनामा सामान्य अंकले बजार बढ्दा कारोबार रकम भने खुम्चिएको छ ।

आइतबार ३ अर्ब ३८ करोडको कारोबार भएकोमा सोमबार २ अर्ब ८८ करोडमा खुम्चियो । कुल १४८ कम्पनीको मूल्य बढ्दा ८५ को घट्यो भने १० को स्थिर रह्यो । विकास बैंक समूह सबैभन्दा धेरै १.३ प्रतिशत बढ्यो । त्यस्तै फाइनान्स समूह १ प्रतिशत बढ्यो ।

तीबाहेकका समूह सामान्य दरले घटबढ भए । बैंकिङ ०.३७, लगानी ०.३५, उत्पादन ५७ तथा निर्जीवन बीमा ११ अंक घटे । ब्यापार १४, अन्य ६, माइक्रोफाइनान्स २४, जीवन बीमा ६, हाइड्रोपावर ४, होटल तथा पर्यटन ४७, फाइनान्स २० र विकास बैंक समूह ५२ अंक बढे ।

गोर्खाज फाइनान्स, सप्तकोशी विकास बैंक, पिपुल्स पावर, धौलागिरि लघुवित्त र पिपुल्स हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । मानुसी लघुवित्तको ५, एनएमबी बैंकको २.७, सिंगटी हाइड्रोको २.४, माण्डु हाइड्रोको २.३ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा गोर्खाज फाइनान्स, शिवम् सिमेन्ट, सोनापुर सिमेन्ट, माथिल्लो तामाकोशी र घोराही सिमेन्ट क्रमशः अगाडि रहे ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार १५:२३

लोकप्रिय