सूचनाको शक्ति - The Power Of Information

        

रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा तीन उडान

रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा तीन उडान हुने भएको छ ।

यसअघि नेपाल एयरलाइन्सले बुधबार र शुक्रबार गरी दुई दिन उडान हुँदै आएकोमा अब सोमबार पनि सोही एयरलाइन्सले उडान भर्न लागेको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनुभयो ।

रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले यात्रुको चाप बढेकाले नेपाल एयरलाइन्ससँग समन्वयमा एक उडान थप गरिएको बताउनुभयो । “यात्रुको चाप बढेपछि थप एक उडान सुरु गर्न लागिएको हो । आगामी दिनमा यात्रुको चापका आधारमा थप उडानबारे एयरलाइन्ससँग आवश्यक समन्वय गरिनेछ”, उहाँले भन्नुभयो ।

नेपाल एयरलाइन्सको १८ सिट क्षमताको जहाजले प्रत्येक साताको बुधबार र शुक्रबार बिहान काठमाडौँ-रेसुङ्गा-काठमाडौँ उडान गर्दै आएको छ । काठमाडौँ-रेसुङ्गा लागि रु. सात हजार दुई सय ८० र रेसुङ्गा-काठमाडौँ रुटका रु. सात हजार ८० भाडादर निर्धारण गरिएको छ । रेसुङ्गा विमानस्थल सदरमुकाम तम्घासबाट पाँच किलोमिटरको दूरीमा पर्छ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार १२:०६

लोकप्रिय