२०८२ चैत २७ , शुक्रबार 10, April 2026, Friday

सुन चाँदीको मूल्य घट्यो

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० चैत ५ गते सोमबार

स्थानीय बजारमा पहेलो धातुको मूल्यमा सामान्य हेरफेर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रु. पाँच सयले घटेको छ ।

आइतबार प्रतितोला रु. एक लाख २५ हजार मूल्यमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला रु. एक लाख २४ हजार पाँच सय कायम भएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य आइतबार रु. एक लाख २४ हजार चार सय कायम भएकोमा आज भने तोलामा रु. पाँच सयले घटेर रु. एक लाख २३ हजार नौ सय कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य पनि सामान्य घटेको छ । आइतबार प्रतितोला रु. एक हजार तीन सय १२ मा कारोबार भएको चाँदी आज भने प्रतितोला रु. एक हजार तीन सय तीन निर्धारण भएको छ ।

प्रकाशित मिति : २०८० चैत ५ गते सोमबार