सूचनाको शक्ति - The Power Of Information

        

थप २५२ जना केयरगिभर इजरायल जाने

इजरायलले थप २५२ जना केयरगिभर लैजाने भएको छ ।

जी–टु–जी मार्फत इजरायलले लक्की ड्रमार्फत छनौटमा नपरेकाहरूलाई समेत लैजान लागेको हो । यसअघि इजरायलका रोजगार केन्द्रहरूमा स्वास्थ्य सहायकको रुममा काम गर्न १ हजार ६०० जना छनौटमा परेका थिए ।

तीमध्ये लक्की ड्रमार्फत एक हजार १७५ जना छनोट गरेका थिए । २०७८ को माघबाट कामदारहरू इजरायल जान सुरु भएको थियो । दुई वर्ष लगाएर छनौटमा परेकाहरू इजरायल पुगेका हुन् । लक्की ड्रबाट छनोटमा नपरेका ४२५ जनालाई लैजान नेपालले इजरायललाई ताकेता गरेको थियो ।

इजरायलले नयाँ कामदार लैजाने प्रस्ताव गर्दा नेपालले ४२५ जनालाई पहिला लैजानुपर्ने अडान लिँदै आएको थियो । सोही आधारमा इजरायल उनीहरूलाई लैजान तयार भएको थियो ।

इजरायल जानको लागि २५२ जना सम्पर्कमा आएका थिए । उनीहरूलाई यतिबेला पूर्व प्रस्थान अभिमुखीकरण तालिम सञ्चालन गर्न लागिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी कविराज उप्रेतीले ४२५ जनामध्ये सम्पर्कमा आएका २५२ जना जान लागेको बताए । उनीहरूलाई यही चैत ६ गते र ९ गते गरी दुई चरणमा पूर्व प्रस्थान अभिमुखीकरण तालिम दिन लागिएको सूचना अधिकारी उप्रेतीले बताए ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार १२:००

लोकप्रिय