सूचनाको शक्ति - The Power Of Information

        

सहकारीको ऋण तिर्न काठमाडौं महानगरले जारी गर्‍यो सूचना

काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरुका ऋणीहरुलाई समयमै कर्जा चुक्ता गर्न आग्रह गरेको छ ।

सहकारीहरुले बचतकर्ताकै रकम ऋण प्रवाह गर्ने उल्लेख गर्दै महानगरले समयमै कर्जा नतिरेको अवस्थामा बचतकर्ताको बचत नै जोखिममा पर्ने बताउँदै कर्जा तिर्न महानगरले आग्रह गरेको हो ।

महानगरले एक सूचना जारी गर्दै ऋण तिर्न अनुरोध गरेको हो ।

‘प्रचलित सहकारी ऐन, नियमावली, निर्देशिका, कार्यविधि, मापदण्ड तथा प्रचलित कानुनको बर्खिलाप नहुने गरी जुन सम्झौता वा सर्त बमोजिम ऋण लिएको हो, सोही बमोजिम ऋणको सावाँ र ब्याज सम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तानी गरी समस्या समाधानमा सहयोग गरिदिनुहुन सम्पूर्ण ऋणी सदस्यहरूमा अनुरोध छ’, सूचनामा उल्लेख छ ।

यस्तो छ सूचना:

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार १०:१६

लोकप्रिय