अभिनेत्री दीपिका प्रसाईं तथा निर्देशक दिवाकर भट्टराई आमाबाबु बनेका छन् । आइतबार राति करिब ८ः४५ बजेको समयमा अभिनेत्री प्रसाईंले पहिलो सन्तानको रूपमा छोरालाई जन्म दिएकी हुन् ।
कान्तिपथस्थित ग्राण्डी सिटी हस्पिटलमामा उनले शल्यक्रियामार्फत छोरालाई जन्मदिएकी हुन् । आमा र छोराको स्वास्थ्य अवस्था सामान्य रहेको निर्देशक भट्टराईले बताए । शल्यक्रियामार्फत बच्चा जन्माएकाले आमा–छोरा नै केही दिनसम्म अस्पतालमा बस्नुपर्ने बताइएको छ ।
दीपिका र दीवारकले ४ वर्ष अघि प्रेम विवाह गरेका थिए । दीपिका फिल्म ‘ऐश्वर्य’बाट अभिनयमा भित्रिएकी हुन् । यही फिल्मको क्रममा उनीहरूको प्रेम टुसाएको थियो ।
त्यसपछि ‘छक्का पञ्जा ३’, ‘हेल्लो जिन्दगी’ अभिनय गरेकी उनले केही अगाडि ‘मायावी’ छायाङ्कन सकाएकी छन् । गर्भावस्थामै उनले यो फिल्मको छायाङ्कन गरेकी हुन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ