२०८३ वैशाख १७ , बिहीबार 30, April 2026, Thursday

थापाथलीबाट बच्चा चोर्ने मनकुमारीलाई डेढलाख धरौटीमा छाड्न आदेश

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० चैत ४ गते आइतबार

थापाथलीस्थित प्रसूति तथा स्त्रिरोग अस्पतालबाट बच्चा चोरीमा संलग्न आरोपमा पक्राउ परेकी मनकुमारी सिंहलाई अदालतले १ लाख ५० हजार धरौटीमा छाड्न आदेश गरेको छ ।

दैलेखको नौमुले घर भएकी २४ वर्षीया मनकुमारी फागुन ११ मा पक्राउ परेकी थिइन् ।जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले मनकुमारीलाई डेढलाख धरौटीमा रिहा गर्न आदेश गरेको जिल्ला अदालत काठमाडौँका एकजना अधिकृतले  बताए ।

प्रसुति गृहबाट २६ दिने बालिका चोरीमा संलग्न सिंहलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अपहरण तथा शरीर बन्धक कसुरको अभियोगपत्र दायर गरेको थियो ।

मनकुमारीले काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भएर कपन बस्ने सबिना श्रेष्ठबाट जन्मिएकी बालिका चोरेकी हुन् ।

प्रकाशित मिति : २०८० चैत ४ गते आइतबार