सूचनाको शक्ति - The Power Of Information

        

शेयर बजार १० अङ्कभन्दा धेरैले घट्याे

हप्ताको पहिलो दिन शेयर बजार आज दोहोरो अङ्कले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ६२ अङ्कले घटेर दुई हजार ७० दशमलव २५ विन्दुमा झरेको छ ।

आज विकास बैंक, फाइनान्स र उत्पादनबाहेक अरू सबै समूहको शेयर घटेको छ । आज सबैभन्दा धेरै विन नेपाल लघुवित्तको शेयर झण्डै आठ प्रतिशतले ओरालो लागेको छ ।

समग्रमा बजार घटेको दिन आज सप्तकोशी विकास बैंकको शेयर १० प्रतिशत र गुराँस लघुवित्तको शेयर साढे नौ प्रतिशतले बढेको छ ।

आज ८४ लाख छ हजार कित्ता शेयर तीन अर्ब ३८ करोड ७९ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै शिवम् सिमेन्टको ४१ करोड ६४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतवार १६:३७