सूचनाको शक्ति - The Power Of Information

        

आदर्श प्लस २ स्पोर्ट्स मेनिया २०८० सुरु

आदर्श माध्यमिक विद्यालयले शनिवारदेखि नेपालगन्जमा ‘आदर्श प्लस २ स्पोर्ट्स मेनिया २०८०’  सुरु गरेको छ ।

तीन दिनसम्म चल्ने ‘आदर्श प्लस २ स्पोर्ट्स मेनिया २०८०’ को ओलम्पियन सुरेन्द्र हमालले शुभारम्भ गरेका हुन् । नेपालगञ्ज वडा नम्बर १ एन्फा एकेडेमी मैदानमा आयोजित ‘आदर्श प्लस २ स्पोर्ट्स मेनिया’ मा १३ वटा खेल खेलाइँदैछ  ।

दौड प्रतियोगिताको उद्घाटन गर्दै भारोत्तलन अन्तर्राष्ट्रिय खेलाडी हमालले यस्ता खेलहरुले खेलाडीको पहिचानसँगै विभिन्न अवसर सिर्जना गर्ने बातावरण बनाउने विश्वास व्यक्त गरे । उनले आफूभित्रको क्षमता अनुसार खेल छनौट गरेर अनुशासित ढंगले निरन्तर लागेमा सफल भइने समेत सुझाए ।

विद्यालयका प्राचार्य विरभान केसीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा विद्यालयका प्रमुख निर्देशक इश्वर पोखरेल, एकेडेमिक सल्लाहकार प्रकाश लामिछाने लगायतले शुभकामना दिएका थिए ।

इभेन्ट डाइरेक्टर महेश्वर जोशीका अनुसार प्रतियोगितामा दौड, फुटबल, ब्याडमिन्टन,भलिबल, घैंटो फुटाई, चेस, म्यूजिकल चेयर लगायतका खेल हुँदैछन् । जोशीका अनुसार शनिबार दौड, व्याडमिन्टन सकिएका छन् भने भलिबल, क्रिकेट, फुटबलका चरण बाँकी नै छन् ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतवार १६:२६

लोकप्रिय