सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन

प्रतिनिधि सभा सदस्य  मञ्जु शर्मा अन्सारीको निधन भएको छ ।

उनको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा निधन भएको हो । २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ साल चैत १९ गते प्रतिनिधि सभा सदस्य भएकी थिइन्।

जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा उनी सांसद भएकी हुन्।

सभामुख देवराज घिमिरे आज नै सिभिल अस्पतालमा पुगेर शोक प्रकट गरेका छन्।

२०४६ सालको आन्दोलनदेखि राजनीतिक यात्रा सुरुवात गरेकी उनी सद्भावना पार्टीमा आवद्ध भइ २०४६ साल देखि २०५६ सम्म उपत्यका महिला इन्चार्ज भएकी  थिइन् । उनी हाल जनता समाजवादी पार्टी,नेपालको पोलिटब्यूरो सदस्य थिइन्।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतवार ११:३२

लोकप्रिय