सूचनाको शक्ति - The Power Of Information

        

नेपाली बजारमा आज कतिमा हुँदै छ सुनचाँदीको किनबेच ?

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २४ हजार ४०० रुपैयाँ कायम छ ।

गत शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख २४ हजार ८०० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । शुक्रबारको तुलनामा चाँदीको मूल्य १५ रुपैयाँले बढेर किनबेच भइरहेको छ । मूल्य बढेसँगै आज चाँदीको मूल्य तोलामा १ हजार ५३० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतवार ११:१८

लोकप्रिय