सूचनाको शक्ति - The Power Of Information

        

रसुवा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

रसुवा जिल्ला केन्द्रबिन्दु भएर आइतबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार जिल्लाको जुरे ढुङ्गा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

बिहान ९ बजेर ४४ मिनेट जाँदा भूकम्प गएको थियो । भूकम्पको तीव्रता ४ म्याग्निच्युडको रहेको थियो । यसअघि फागुन २८ गते बाजुराको जुगाडा भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतवार १०:१६

लोकप्रिय