सूचनाको शक्ति - The Power Of Information

        

बाघको आक्रमणबाट वृद्धको मृत्यु

बाघको आक्रमणबाट बाँकेमा एक जना वृद्धको ज्यान गएको छ । सल्यानको दार्मा गाउँपालिका–१ का ७१ वर्षीय नगेन्द्रप्रसाद शर्माको ज्यान गएको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको ढकेरीबाट तीन किलोमिटर पश्चिमतर्फको जंगलमा शर्माको शव भेटिएको ढकेरीका प्रहरी बिट इन्चार्ज प्रहरी सहायक निरीक्षक जंगबहादुर एमसीले जानकारी दिए ।

बिहान साढे ५ बजे मर्निङवाक गर्दै कोहलपुर जाने क्रममा शर्मालाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रसनी एमसीले बताए । मृतक शर्मा ढकेरी नजिकै उडैन गाउँमा आफन्तको घरमा बस्दै आएका थिए ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतवार १०:०८

लोकप्रिय