दाङमा जातीय विभेद अन्त्य गर्न युवा सञ्जाल गठन गरिएको छ । विभेद अन्त्यका लागि सचेतना फैलाउन तुलसीपुर उपमहानगरपालिकामा रहेका दुई र दङ्गीशरण गाउँपालिकामा एक गरी तीन सामुदायिक विद्यालयमा किशोर–किशोरी सञ्जाल गठन गरिएको हो ।
दाङका अन्य विद्यालयमा पनि यो सञ्जाल गठन गर्ने दलित महिला सङ्घ दाङका अध्यक्ष युवा कराराले बताए । उनका अनुसार ती सञ्जाल गठन गरी नयाँ पुस्ताका दलितले भोग्नुपरेका विभेद लगायत विषयमा अध्ययन गरिनेछ ।
छुवाछूतमुक्त राष्ट्र घोषणा भए पनि हाम्रो समाजमा छुवाछूतका घटना नघटेका अध्यक्ष कराराको दुखेसो छ । उनले विभेदरहित समाज निर्माणका लागि जातीय मुद्दा साझा बन्नुपर्नेमा जोड दिए । उनले दलित भएकै कारण सार्वजनिक धारा, कुवाको पानी प्रयोग गर्न नपाएको गुनासो गरे ।
दलित समुदायका आवाजलाई निरन्तररूपमा समावेश गर्नुपर्ने दलित अधिकारकर्मी निर्मल नेपालीले बताए । दाङका १० पालिकामध्ये आफूहरूको अथक प्रयासका कारण तुलसीपुर उपमहानगरपालिकाले दलित सशक्तीकरण ऐन ल्याएकाले पूर्णरूपमा कार्यान्वयन सबैको दायित्व रहेको उनले बताए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । दाङ