काठमाडौंको बसन्तपुरमा रंगीचंगी ध्वजाले सजाइएको तीन तले चीर ठड्याइएको छ । यससँगै आजदेखि होली पर्व सुरु भएको छ ।
फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि देशभर फागु पर्व अर्थात् होली सुरु भएको मानिन्छ । आइतबार बिहान मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याउँदै एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिए ।
आजै पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर परिसरमा पनि रंगीचंगी कपडा झुण्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ । यस वर्षको होली पर्व चैत ११ र १२ गते परेको छ । ११ गते पहाडी जिल्लामा १२ गते मधेशमा होलीको सार्वजनिक बिदा दिइएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं