सूचनाको शक्ति - The Power Of Information

        

नेपाल प्रज्ञा प्रतिष्ठानबाट खगेन्द्र संग्रौलादेखि मोहन विक्रम सिंहसम्म पुरस्कृत

 नेपाल प्रज्ञा प्रतिष्ठानले विभिन्न १० पुरस्कार घोषणा गरेको छ । पुरस्कृत हुनेहरुमा खगेन्द्र संग्रौलादेखि मोहनविक्रम सिंहसम्म छन् ।

खगेन्द्र संग्रौलालाई अनुवाद पुरस्कार र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहलाई दर्शन पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नेपाल प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।

यसैगरी शान्ता श्रेष्ठलाई प्रज्ञा सामाजिकशास्त्र पुरस्कार, घनश्याम शर्मा पौडेललाई संस्कृति, लोकवार्ता तथा मौखिक इतिहास पुरस्कार, कृष्ण गौतमलाई समालोचना तथा साहित्येतिहास पुरस्कार, प्रा.डा. देवीप्रसाद गौतमलाई भाषा पुरस्कार, वम देवानलाई साहित्य पुरस्कार (पद्य), राजवलाई साहित्य पुरस्कार (गद्य), गंगा कर्माचार्यलाई बालसाहित्य पुरस्कार र पदम विश्वकर्मालाई अन्तर्देशीय पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय भएको प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले जानकारी दिए ।

यसअघि मातृभाषा साहित्य पुरस्कार पहाडी/हिमाली क्षेत्रबाट डा. योगेन्द्रमान प्रधानाङ्गलाई र मधेश क्षेत्रबाट बेचन उराँवलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२४ को अवसरमा प्रदान गरिएको थियो ।

नेपाल प्रज्ञान प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्ने यी पुरस्कारहरुको राशि जनही एक लाख रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतवार ०८:०९

लोकप्रिय