सूचनाको शक्ति - The Power Of Information

        

चितवनमा बस र ट्रक ठोक्किँदा भारतीय नागरिकको मृत्यु

चितवन-नारायणगढ मुग्लिन सडकको जलबिरेमा गएराति पौने तीन बजेतिर बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

निधन हुनेमा भारत मोतिहारीका ३५ वर्षीय गौरी दास रहेको चितवन जिल्ला प्रहरी कार्यालय प्रवक्ता डीएसपी श्रीराम भण्डारीले बताए ।

उनी रौतहट गौरबाट पोखराका लागि आउँदै गरेको ग १ ख ८५२४ नम्बर बसको यात्रु भएको डिएसपी भण्डारीले बताए ।

उक्त बस इच्छाकामना गाउँपालिका-६ मा पर्ने जलबिरेमा सडक किनारमा रोकिराखेको ना ६ ख ३५८० नम्बरको ट्रकसँग ठोक्किएको चितवन प्रहरीले जनाएको छ ।

ठक्करको कारण गम्भीर घाइते भएका दासको उपचारका लागि ल्याउँदै गर्दा बाटोमा निधन भएको डीएसपी भण्डारीले बताए । अन्य चारजना घाइते छन् । तीनजनाको अवस्था मध्यम र एकजना सामान्य छन् ।

प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतवार ०७:३७

लोकप्रिय