२०८२ कात्तिक २८ , शुक्रबार 15, November 2025, Saturday

भोजपुरमा आगोमा जलेर ३ बालबालिकाको मृत्यु

सत्यपाटी
सत्यपाटी । काठमाडौँ । २०८० चैत ४ गते आइतबार

भोजपुरको हतुवागडी गाउँपालिका-७ मा आगलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईका अनुुसार स्थानीय रमेश कार्कीका ७ वर्षीया छोरी दिप्तिका र ३ वर्षीय छोरा देउनिस तथा केदार कार्कीका ५ वर्षीय छोरा प्रनिशको मृत्यु भएको हो ।

खेलिरहेका बालबालिकाहरु गोठबाट सल्किएको आगोको चपेटामा परेका थिए । घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय घोरेटारबाट प्रहरी निरीक्षकको नेतृत्वमा एक टोली पठाइएको थियो ।

प्रकाशित मिति : २०८० चैत ४ गते आइतबार