सूचनाको शक्ति - The Power Of Information

        

आजकाे माैसम :

आज देशभरको मौसम कस्तो रहला ?

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

अहिले बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । गण्डकी प्रदेशका एकदुई स्थानमा छिटफुट वर्षा भइरहेको छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राति बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली रहने छ ।

गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज सूर्योदय बिहान ६ बजेर ११ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर १३ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतवार ०७:०९

लोकप्रिय