२०८२ चैत २७ , शुक्रबार 10, April 2026, Friday

नेपालगञ्जमा जलवायु तथा विपद् जोखिम वित्त बीमा तालिम सुरु

सत्यपाटीसत्यपाटी । बाँके । २०८० चैत ३ गते शनिबार

नेपालगञ्जमा शुक्रबारदेखि जलवायु तथा विपद् जोखिम वित्त बीमा तालिम सुरु भएको छ ।

नेपाल पत्रकार महासंघ बाँके शाखा उपाध्यक्ष करुणा शाहको प्रमुख आतिथ्यतामा ३ दिने नौलो विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापनमा सम्बन्धि आधारभूत तालिम सुरु भएको हो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि नेपालमा पहिलोपटक नमुनाको रुपमा परीक्षण गरिएको सूचकांकमा आधारित बाढी बीमा परियोजना कैलाली तथा बर्दियामा संंचालित छ ।

कर्णाली नदीको तल्लो जलाधार क्षेत्र अन्तर्गत कैलालीको जानकी गाउँपालिका, टीकापुर नगरपालिका तथा बर्दियाको राजापुर, मधुवन नगरपालिका र गेरुवा गाउँपालिकामा कार्यरत सहकारीका प्रतिनिधिहरुका लागि तालिम आयोजना गरिएको छ ।

प्राक्टिकल एक्सन तथा उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा संचालन गरिएको उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष शशि श्रेष्ठले बताए ।

प्राक्टिकल एक्सनका वरिष्ठ परियोजना अधिकृत चक्रबहादुर बमले तालिमबाट जोखिम क्षेत्रमा रहेका सहकारीहरुको विपद् तथा जलवायु जोखिम बीमा सम्बन्धि क्षमता वृद्धि गर्नुका साथै विपद् जोखिम वित्त बीमा संचालनका लागि आवश्यक प्रक्रिया तथा सूचकांकमा आधारित बाढी बीमा कार्यक्रममा सहभागीको क्षमता वृद्धि गरिने बताए ।

तालिममा विपद् विज्ञ लाल पोख्रेल, चक्रबहादुर बम, हेमन्तराज जोशी, बीमा विज्ञहरु तथा पूर्व सूचना विज्ञहरुले सहजीकरण गरेका छन् ।

प्रकाशित मिति : २०८० चैत ३ गते शनिबार