सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा विद्यार्थीको निःशुल्क दाँत परीक्षण

नेपालगन्जको सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको निःशुल्क दाँत परीक्षण गरी मञ्जन र ब्रस वितरण गरिएको छ ।

लायन्स क्लब अफ नेपालगन्ज जीवनद्वारा सामुदायिक विद्यालयका विद्यार्थीको निःशुल्क दाँत परीक्षण गरिएको हो ।

लायन्स क्लब अफ नेपालगन्ज जीवन र बाँके डेन्टल क्लिनिकको सहकार्यमा नेपालगन्ज –१० चारबाहिनी रोडमा रहेको युद्ध संस्कृत माविमा निःशुल्क दाँत परीक्षण कार्यक्रम आयोजना गरी बालबालिकाको दाँत परीक्षण गर्नुका साथै मन्जन र ब्रस वितरण गरिएको क्लबका अध्यक्ष जीवन शर्माले बताउनुभयो ।

उहाँले सो विद्यालयमा अध्ययनरत १५० भन्दा बढी विद्यार्थीलगायत शिक्षक शिक्षिकाको निःशुल्क दाँत परीक्षण गरिएको बताउनुभयो । सो शिविरमा सहभागी बालबालिका र शिक्षक–शिक्षिका सबैलाई दाँतको सुरक्षा गर्ने तरिका, दाँत कमजोर किन र कसरी हुन्छन् भन्ने बारेमा तालिम दिइएको पनि अध्यक्ष शर्माले बताउनुभयो ।

सो अवसरमा विद्यार्थी र शिक्षक–शिक्षिका समेतले दाँत बारेमा विभिन्न प्रकारका जिज्ञासा राखेका थिए । निःशुल्क दाँत शिविरमा दाँत परीक्षण गराएका सबै १५० बालबालिकालाई जनही एक दन्त मन्जन र एक ब्रस पनि वितरण गरिएको लायन्स क्लब अफ नेपालगन्ज जीवनले जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार १८:२६

लोकप्रिय