२०८२ फागुन २ , शनिबार 14, February 2026, Saturday

बाँकेमा चर्को आवाज निकाल्ने मोटरसाइकलका साइलेन्सर निकालियो

सत्यपाटीसत्यपाटी । बाँके । २०८० चैत ३ गते शनिबार

बाँकेमा मोटरसाइकलमा चर्को आवाज निकाल्ने साइलेन्सर राखेर ध्वनी प्रदूषण गर्नेविरुद्ध कारवाही सुरु भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले मोटरसाइकलका साइलेन्सर परिवर्तन गरेर ध्वनि प्रदूषण गर्दै हिँड्ने मोटरसाइकललाई रोकेर साइलेन्सर निकालेर कारवाही गर्ने कार्य सुरु गरेको जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीले कोहलपुर र नेपालगन्ज लगायतका विभिन्न ठाउँमा केही युवाले मोटरसाइकलमा साइलेन्सर परिवर्तन गरेर चर्को आवाजमा ध्वनीिप्रदूषण गर्दै सर्वसाधारणलाई डिस्टर्व गर्नेविरुद्ध कारवाही सुरु गरिएको बताउनुभयो।

प्रकाशित मिति : २०८० चैत ३ गते शनिबार