सूचनाको शक्ति - The Power Of Information

        

चीनको अन्तरिक्ष स्टेसनद्वारा प्रारम्भिक परीक्षण पूरा

चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा प्रारम्भिक परीक्षण पूरा गरेको छ ।

प्रयोगात्मक उपकरण र भौतिक नमूनाको पहिलो ब्याचका साथ परिक्रमा गर्ने अन्तरिक्ष यानलाई सुरक्षितरूपमा पुनः प्राप्त गर्दै परीक्षण पूरा गरेको चिनियाँ विज्ञान एकेडेमीको राष्ट्रिय अन्तरिक्ष विज्ञान केन्द्रले जानकारी दिएको छ ।

यसमा अतिरिक्त बाहन जोखिम परीक्षणसहितका प्राविधिक परिक्षण भएको छ । पृथ्वीमा रहेका वैज्ञानिक र जहाजमा रहेको रोबोटिकको सहयोगमा प्रयोगात्मक उपकरण र नमूनाहरू अन्तरिक्ष स्टेसनको बाहिरी भागबाट स्टेसनको एयरलक मोड्युलमा सारिएको थियो । परिक्रमा गर्ने टेकोनट दललाई पछि प्रयोगशाला मोड्युलमा सारियो ।

त्यहाँ उनीहरूले नमूनालाई अलग गरेर सङग्रहित गरे । केन्द्रले ती नमूनालाई सेनझोउ अन्तरिक्ष यानबाट पृथ्वीमा ल्याउने र थप अनुसन्धानका लागि वैज्ञानिकहरूलाई दिने जनाएको छ । अतिरिक्त बाहन एक्स्पोजर प्रयोगात्मक उपकरण सन् २०२३ मार्च ८ तारिखमा प्रक्षेपण गरिएको थियो ।

एक वर्षदेखि यो कक्षमा रहेको छ । स्थापना गरिएको चार सयभन्दा धेरै सामग्री नमूनाको पहिलो ब्याचलाई गैरधातु र धातु सामग्रीमा विभाजन गरिएको थियो ।

केन्द्रका अनुसार सन् २०२४ को मेमा परिक्रमा गर्ने टेकोनटले प्रयोगात्मक उपकरणहरूमा नमूनाको नयाँ ब्याच स्थापना गर्ने र अन्तरिक्ष एक्स्पोजर परीक्षणको नयाँ चरण सुरु गर्नेछ । आउँदा दशकमा अन्तरिक्षमा शक्तिशाली बन्ने चीनको योजना अन्तर्गत काम अगाडि बढेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार ०८:०२