सूचनाको शक्ति - The Power Of Information

        

पेट्रोल र डिजेलको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यरातिदेखि लागू भएको पेट्रोलको मूल्यमा प्रतिलिटर रु एक र डिजेल–मट्टिलको मूल्यमा प्रतिलिटर रु दुई घटाएको छ ।

निगमले पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु १७० र तेस्रो वर्गका लागि रु १७१ तोकेको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १५५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु १५७ र तेस्रो वर्गका लागि रु १५८ कायम भएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

पहिलो वर्ग अन्तर्गत चारआली, विराटगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्ग अन्तर्गत काठमाडौँ, पोखरा र दिपायल रहेका छन् । इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट आज प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर क्रमशः रु १.२२ र रु २.०६ ले घटेर आएको निगमले जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार ०७:५१

लोकप्रिय