सूचनाको शक्ति - The Power Of Information

        

एक महिनामै साढे ६५ हजार नेपालीले देश छोडे

वैदैशिक रोजगार विभागको तथ्यांक अनुसार फागुन २०८० मा मात्रै ६५ हजार ६५८ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन् ।

योसँगै चालु आर्थिक वर्ष (आव) २०८०–०८१ आठ महिनामा नयाँ तथा पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ४ लाख ७१ हजार २१० पुगेको छ ।

नेपालबाट हरेक दिन औसत २ हजार नेपाली काम खोज्दै विदेशिन्छन् । फागुनमा काम खोज्दै विदेशिनेमध्ये ६ हजार ७६८ महिला छन् ।

पछिल्लो तीन महिनायता लगातार ६० हजारभन्दा माथिको संख्यामा नेपाली विदेशिएको तथ्यांकमा देखिन्छ । फागुन २०८० मा काम खोज्दै विदेशिने नेपाली अघिल्लो वर्ष सोही महिनाको तुलनामा केही बढी हो ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार १७:१३

लोकप्रिय