२०८२ चैत २७ , शुक्रबार 10, April 2026, Friday

एक महिनामै साढे ६५ हजार नेपालीले देश छोडे

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० चैत २ गते शुक्रबार

वैदैशिक रोजगार विभागको तथ्यांक अनुसार फागुन २०८० मा मात्रै ६५ हजार ६५८ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन् ।

योसँगै चालु आर्थिक वर्ष (आव) २०८०–०८१ आठ महिनामा नयाँ तथा पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ४ लाख ७१ हजार २१० पुगेको छ ।

नेपालबाट हरेक दिन औसत २ हजार नेपाली काम खोज्दै विदेशिन्छन् । फागुनमा काम खोज्दै विदेशिनेमध्ये ६ हजार ७६८ महिला छन् ।

पछिल्लो तीन महिनायता लगातार ६० हजारभन्दा माथिको संख्यामा नेपाली विदेशिएको तथ्यांकमा देखिन्छ । फागुन २०८० मा काम खोज्दै विदेशिने नेपाली अघिल्लो वर्ष सोही महिनाको तुलनामा केही बढी हो ।

प्रकाशित मिति : २०८० चैत २ गते शुक्रबार